दफा ३५
लिखतको प्रमाण
(१) कुनै लिखत वा लिखतमा उल्लेख भएको कुरा सो लिखत नै पेश गरी प्रमाणित गर्नु पर्छ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि "लिखत" भन्नाले डिजिटल वा विद्युतीय अभिलेखमा रहेका कुनै विषय वा त्यसको छापिएको वा भण्डारण गरिएको अप्टिकल बा इलेक्ट्रो-म्याग्नेटिक स्वरुपमा रहेको वा प्रकाशित वा “पुनः प्रकाशित भएको डिजिटल वा विद्युतीय सामग्री वा त्यस्ता सामग्रीका प्रतिलिपिलाई समेत जनाउँछ |
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा कुनै लिखत वा लिखतमा उल्लेख भएको कुनै कुरा सो लिखतको फोटो, प्रतिलिपि वा कानुनबमोजिम प्राप्त रीतपूर्वकको नक्कल वा मौखिक प्रमाणद्वारा प्रमाणित गर्न सकिनेछ:
(क) लिखत जुन व्यक्तिका बिरुद्ध प्रमाण लगाउन खोजिएको हो, सो व्यक्तिका साथमा छ भन्ने प्रमाणित भएमा, वा
(ख) लिखत जुन व्यक्तिका साथमा छ सो व्यक्तिलाई अदालतले म्याद जारी गर्न नसक्ने अवस्था भएमा वा म्याद तामेल भएर पनि सो व्यक्तिले लिखत पेश नगरेमा, वा
(ग) लिखत हराएको वा नासिएको प्रमाणित भएमा, वा
(घ) लिखत सजिलैसँग उठाएर ल्याई अदालतमा पेश गर्न नसकिने
(ङ) लिखतको प्रकृतिबाटै सो लिखत पेश गर्न चाहने पक्षसँग नरहने अवस्थाको भएमा ।
तर यस खण्ड बमोजिमको लिखतका हकमा पक्षले कानुनबमोजिम रीतपूर्वकको नक्कल प्राप्त गर्न सक्ने अवस्थामा त्यस्तो नक्कल पेश गर्न अनिवार्य हुनेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारबाट भएका निर्णय वा आदेश वा राखिएका अभिलेख प्रचलित नेपाल कानुनबमोजिम सम्वन्धित अधिकृतद्वारा प्रमाणित गरिएको लिखत पेश गरी प्रमाणित गर्न हुन्छ ।